संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा जारी छ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्र राय यादव सहभागी छन्।

समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा राजतन्त्रको विरोध र गणतन्त्रका पक्षमा प्रदर्शन तथा आमसभा गर्दै छ।
समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन्।
केही समययता राप्रपालगायत राजावादी दल तथा समूहले राजसंस्था पुन:स्थापनाका पक्षमा प्रदर्शन चर्काउन थालेपछि गणतन्त्र पक्षधर राजनीतिक दलहरू पनि एकजुट भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि राजतन्त्र पुन:स्थापनाका पक्षमा आवाज उठाउन यही चैत २६ गते काठमाडौँमा प्रदर्शन गर्दै छ।
Shares

प्रतिक्रिया