राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौँमा ब्यापक प्रदर्शन गर्ने निर्णय गरेको छ।
राप्रपा आन्दोलन मूल समितिको आब बसेको बैठकले सो निर्णय गरेको हो।
पार्टी अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले चैत २६ गते काठमाडौँमा बागमती प्रदेश स्तरीय विशाल आमसभा गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।
यस्तै, २०८२ वैशाख ७ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ।
राप्रपाले समान उद्धेश्य र विचार भएका राजनीतिक दल, संयुक्त जनआन्दोलन समिति, विभिन्न संघ संगठनहरुसँग सहकार्य, कार्यगत एकता वा मोर्चा गठन गरी आन्दोलनका कार्य अघि बढाइने जनाएको छ।
राजसंस्था तथा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अन्य दल र अभियानहरूबाट आयोजना हुने सबै शान्तिपूर्ण र अहिंसात्मक कार्यक्रममा राप्रपाको सहयोग र समर्थन रहने प्रवक्त श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
राप्रपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई केही समय कार्यकाल बाँकी छँदै बदनियतपूर्ण ढंगबाट बर्खास्त गरिएको भन्दै आपत्ति जनाएको छ।
Shares

प्रतिक्रिया