राजनीति


भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

नेपालखबर
चैत १२, २०८१ मंगलबार १७:३४, काठमाडौँ

संसदीय समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको हो।

त्यसअघि समितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन उपर छलफल भइ पारित गरिएको थियो।

समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति सन्तोष चालिसेले समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको जानकारी दिए। उनले अब प्रतिनिधि सभामा पेश गर्नका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको बताए।

उनले भने, ‘हामी लगातार विधेयकमा नै छौँ। अरु कार्यक्रममा पनि भेट हुने नै छ। मान्यज्यूहरुलाई यो प्रतिवेदन पारित गरिदिनका लागि प्रश्ताव गर्दछु। सुझावसहितको प्रतिवेदन पारित भएको छ। प्रतिनिधि सभामा प्रतिवेदन प्रश्तुत गर्नका लागि सम्माननीय सभामुखसँग समय माग गर्ने। हामीले यो विधेयक आज पास गरेका छौँ।’

समितिमा लामो समयदेखि भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकउपर छलफल भइरहेको थियो। आज समितिको बैठकले उक्त विधेयक छलफलसहित पारित गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad