राजनीति


प्रेस चौतारीमा उम्मेदवार बन्न वञ्चित राई भन्छन्- ९० प्रतिशत प्रतिनिधिको भावना सम्बोधन भएन

प्रेस चौतारीमा उम्मेदवार बन्न वञ्चित राई भन्छन्- ९० प्रतिशत प्रतिनिधिको भावना सम्बोधन भएन

नेपालखबर
चैत १२, २०८१ मंगलबार १७:२१, विराटनगर

प्रेस चौतारी नेपालका निवर्तमान उपाध्यक्ष राजेश राईले  प्रतिनिधिको भावनाविपरीत नेतृत्व चयन भएको बताएका छन्। 

विराटनगरमा मङ्गलबार दिउँसो पत्रकार सम्मेलन गर्दै ९० प्रतिशत केन्द्रीय प्रतिनिधिको भावनाको सम्बोधन हुन नसकेको बताएका हुन्। 

आफूले बन्द सत्रमा आफ्नो भनाई दर्ज गराउनुको कारण पनि प्रतिनिधिको भावनाविपरीत निर्वाचन नै नगराई सर्वसम्मतको नाममा प्रतिनिधिको भावना नबुझेको बताए।  

उनले ९० प्रतिशत प्रतिनिधिले निर्वाचनमा गएर नयाँ नेतृत्व छनौट गरौँ भन्दा पार्टीका नेताहरूले सर्वसम्मतको नाममा प्रतिनिधिको भावनामा चोट पुर्‍याउने काम गरेको समेत बताए।

उनले भने, ‘प्रेस चौतारीको १० औँ महाधिवेशनमा प्रतिनिधिको भावनाको सम्बोधन भए, आगामी दिनमा यस्तो नहोस् भन्ने मेरो चाहना छ।’  

उनले गरेको पत्रकार छलफल तथा भेटघाट भने पनि उने आफ्नो भावना व्यक्त गर्न आयोजना गरिएको पत्रकार सम्मेलन नै थियो।

प्रेस चौतारी नेपालको चैत १० र ११ गते विराटनगरमा सम्पन्न गरेको १० औँ महाधिवेशनबाट गणेश पाण्डे नेतृत्वमा ९९ सदस्य सर्वसम्मत कार्यसमिति चयन भएको थियो। गएराति सम्पन्न भएको चौतारीको महाधिवेशनमा राईले अध्यक्षको आकाङ्क्षा व्यक्त गरेका थिए। 

अध्यक्षमा पाण्डेलाई सर्वसम्मतको प्रयास भएपछि उनले असन्तुष्टि जनाउँदै आएका थिए। उनले त्यही असन्तुष्टिको सिलसिलामा नै विराटनगरका पत्रकारलाई बोलाएर पत्रकार सम्मेलन गरेर आफ्ना कुरा दोहोर्‍याएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad