राजनीति


पटकपटक स्पष्टीकरण सोध्दा पनि कुलमानले चित्तबुझ्दो जवाफ दिन सकेनन्: मन्त्री अधिकारी

पटकपटक स्पष्टीकरण सोध्दा पनि कुलमानले चित्तबुझ्दो जवाफ दिन सकेनन्: मन्त्री अधिकारी

नेपालखबर
चैत ११, २०८१ सोमबार २२:४०, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण चित्तबुझ्दो नदिएकाले उनलाई बर्खास्त गर्नुपरेको सरकारका एक मन्त्रीले बताएका छन्।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएर उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।

बैठकपछि भूमि व्यवस्था तथा सहकारीमन्त्री बलाराम अधिकारीले भने,आजकै मितिबाट लागू हुने गरी पदबाट हटाइएको हो। पटकपटक स्पष्टीकरण सोध्दा पनि उहाँले चित्तबुझ्दो जवाफ दिन सक्नुभएन।’

विभागीय मन्त्रीले पाँचपटक स्पष्टीकरण माग्दा पनि उनलाई जिम्मेवारीबाट हटाउन नसकेपछि पछिल्लोपल्ट मन्त्रिपरिषद्‌बाटै स्पष्टीकरण सोधिएको थियो।

कुलमानलाई हटाउनकै लागि उनको कार्यसम्पादन पनि कमजोर देखाइएको थियो। कार्यसम्पादन मूल्यांकन समितिका संयोजक ऊर्जा मन्त्रालयका सहसचिव जिवछ मण्डलले माघ १८ गतेको पुरानो मिति राखेर शून्य नम्बर दिने निर्णय गरेका थिए। कुलमान स्वयंले भने आफूलाई ९८ नम्बर दिनुपर्ने दाबी गरी मन्त्रालयमा फाराम बुझाएका थिए।

कुलमान २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए। कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ। अर्थात्, अबको ४ महिनापछि उनको कार्यकाल सकिँदै थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad