प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्।
पूर्वप्रधानमन्त्री प्रचण्ड सोमबार अपरान्ह शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।
राष्ट्रपतिसँग प्रचण्डको समसामयिक विषयमा कुराकानी भएको प्रचण्डपुत्री गंगा दाहालले जानकारी दिइन्।
आजै प्रधानमन्त्री केपी शर्मा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता गर्ने कार्यक्रम छ।
654
Shares

प्रतिक्रिया