राजनीति


गोकुल बाँस्कोटाको दाबी: राजा फर्काउने हल्लाको चुरो पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने

गोकुल बाँस्कोटाको दाबी: राजा फर्काउने हल्लाको चुरो पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने

एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा


नेपालखबर
चैत ११, २०८१ सोमबार ९:५४, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल राजा फर्काउने हल्ला फैलाएर पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट बढाउने योजना रहेको दाबी गरेका छन्।

त्यसो त राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्न भनेर पुराना पञ्च नेता नवराज सुवेदीको संयोजकत्वमा  ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरिए पनि उनको नेतृत्व अस्वीकार गर्दै राप्रपा अलग भएको मात्र छैन, यही कुराले आफैँ विभाजित भएको छ।

यसैबीच पूर्वमन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाले खासमा राप्रपाहरूको योजना राजाको हल्ला गरेर आफ्नो संगठन विस्तार गर्ने र आगामी चुनावमा भोट थप्ने रहेको टिप्पणी गरेका हुन्। 

‘राप्रपाहरूले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना हो। अरू त आकाशको जूनतारा खसाल्ने सपना न हुन्’, बाँस्कोटाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad