राजनीति


कांग्रेस-एमालेलाई त राष्ट्रियसभामा दुई तिहाइ पुर्‍याउन हम्मे छ, राजा ल्याउँछु भन्छन्: शंकर पोखरेल

कांग्रेस-एमालेलाई त राष्ट्रियसभामा दुई तिहाइ पुर्‍याउन हम्मे छ, राजा ल्याउँछु भन्छन्: शंकर पोखरेल

नेपालखबर
चैत १०, २०८१ आइतबार १७:४३, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र खतरामा परे जनताले दुख पाउने बताएका छन्। प्रेस चौतारी नेपालको अधिवेशनलाई आइतबार विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले नेपालमा राजतन्त्र फर्काउने सपना पूरा हुन नसक्ने बताएका हुन्। 

'लोकतन्त्र खतरामा पर्‍यो भने दुख पाउनेमा तपाईं हामी पर्दछौँ। मलाई थाहा छ-नेपालमा राजतन्त्र फर्काउने सपना किमार्थ पूरा हुन सक्दैन' उनले भने।  

उनले राजावादीहरूको प्रदर्शन संगठित शक्तिहरूको आडमा भइरहेको पनि दाबी गरे। उनीहरूले नै राजा आइहाल्छन् भनेर भड्काउने काम गरिरहेको पोखरेलको दाबी छ।  

उनले राजा ल्याउँछु भन्नेहरूलाई संविधान संशोधन गर्ने हिम्मत छ भन्दै प्रश्न गरे। 

संविधान परिवर्तन गर्न दुई तिहाइ चाहिन्छ हिम्मत छ? सामर्थ्य छ?,' उनले भने, 'कांग्रेस-एमाले मिलेर त अध्यादेश पास गर्न राष्ट्रियसभामा हम्मे परेको छ। फकाउनु परेको छ साना दलहरूलाई। यहाँ त्यसै राजा ल्याउँछु भन्छन्'

समाजको चुनौती राजनीतिक अस्थिरता भएको उनको भनाइ छ। अहिले कांग्रेस-एमाले स्थायीत्वका लागि मिलेको पनि पोखरेलले दाबी गरे। 

संविधान संशोधनका लागि कांग्रेस-एमालेले हतार नगरेको र राष्ट्रियसभामा दुई तिहाइ कुरेर बसेको उनले बताए। 

'संविधान कार्यान्वयनको १० वर्षको समीक्षा गर्दैछौँ। हतार गरेका छैनौँ। किन भने राष्ट्रियसभामा दुई तिहाइ छैन। पुर्‍याउने गरी विस्तारै सुनिश्चितता खोजिरहेका छौँ,' उनले भने, 'राष्ट्रियसभाको आउने चुनावमा २० सिट खाली हुन्छ। दुई पार्टी मिलेपछि त्यो आइहाल्छ। अनि संविधान संशोधनको आधार तयार हुन्छ।'

हरेक दलबाट पाँचपाँच जनाको संयन्त्र बनाएर स्थायीत्व खोज्न सहमत भएर काम गरिरहेको उनले बताए।  

देशमा थोरै दल हुनु लोकतन्त्रको कमजोर हुनु भनेर भ्रम फैलाइएको बताए। 
'थोरै दल हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो रे मैले बुझेकै छैन। विचारहीन अवसरवादी दलहरूको जन्म लोकतनत्र हो?,' उनले भने, 'विचारमा कुनै रङ छैन दिशा छैन च्याउ जस्तै उम्रिएका दल लोकतन्त्र होइनन् यीनिहरू अवसरवादी र अराजतकताका कारण हुन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad