राजनीति


चलचित्र उद्योग धेरै विकसित भएको छ : संस्कृतिमन्त्री पाण्डे

चलचित्र उद्योग धेरै विकसित भएको छ : संस्कृतिमन्त्री पाण्डे

नेपालखबर
चैत ९, २०८१ शनिबार १९:२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चलचित्र उद्योग सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अरू उद्योग जस्तै चलचित्र उद्योग पनि समस्यामा रहेको बताए। उनले यसले समग्रमा देशको अर्थतन्त्रमा नै प्रभाव पारेको जिकिर गरे। उनले अतिरिक्त खर्च गर्ने क्षेत्र चलचित्र भएकाले अहिलेको देशको आर्थिक अवस्था हेरेर पनि चलचित्र क्षेत्र समस्यामा रहेको बुझ्न सकिने बताए। उनले चलचित्र उद्योग विगतको तुलनामा धेरै विकसित भएको बताए।

मन्त्री पाण्डेले भने, ‘अरू उद्योग र उद्यमीहरू जस्तै यो क्षेत्र पनि मर्कामा छ भन्ने मैले ठानेको छु। अरू उद्योग जस्तै यो मर्कामा छ। मान्छेले खान अनिवार्य छ जसरी पनि खान्छ। लगाउन अनिवार्य छ, जसरी पनि लगाउँछ। यो हेर्ने भनेको मान्छेको अलिकति आर्थिक क्षमताले धान्यो भने अतिरिक्त खर्च गरौँ भन्ने विचार राख्यो भने हुने हो। त्यसैले यो उद्योगको रूपमा पहिला भन्दा निकै विकसित भएको हो। चलचित्र उद्योगले सम्भावनाको ढोका खोलेको छ।’

मन्त्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्नसके चलचित्र क्षेत्रको भविष्य उज्ज्वल रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad