राजनीति


जलनपीडितको उपचार तथा पुनःस्थापनाका लागि सरकार संवेदनशील छ : प्रधानमन्त्री

जलनपीडितको उपचार तथा पुनःस्थापनाका लागि सरकार संवेदनशील छ : प्रधानमन्त्री

नेपालखबर
चैत ७, २०८१ बिहिबार १३:२५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले जलनपीडितहरूको उपचार तथा पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताएका छन्।  

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताए

उनले जलन पीडित र जलनका घाइतेहरुको उपचार र क्षतिपूर्तिको सन्दर्भ आफू व्यक्तिगत रुपमा समेत गम्भिर रहेको उनको भनाइ छ। 

उनले तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐनले प्रयाप्त व्यवस्था गरेको गरेकोले उक्त विधेयकको छलफलका क्रममा सरकारले आधिकारिक धारणा राख्ने बताए। 

‘जलन पीडित र जलनका घाइतेहरुको सन्दर्भमा अथवा क्षतिपूर्तिको सन्दर्भमा म गम्भिर छु। जलन पीडित र पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील छ। तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐन,२०७९ ले यस सम्बन्धमा प्रयाप्त व्यवस्था गरेको समेत जानकारी गराउँदछु,' उनले भने, 'जलनपीडितहरूको उपचार, पुनःस्थापनाका सन्दर्भमा सदनमा दर्ता भएको निजी विधेयकको सम्बन्धमा दाफावार छलफलको क्रममा सरकारले आफनो धारणा विस्तृत रुपमा राख्ने नै छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad