समाज


वीर अस्पतालमा कार्यरत डा. प्रमोद यादव गेटा अस्पतालको निर्देशक नियुक्त

वीर अस्पतालमा कार्यरत डा. प्रमोद यादव गेटा अस्पतालको निर्देशक नियुक्त

डा. प्रमोदकुमार यादव


नेपालखबर
चैत ७, २०८१ बिहिबार १३:३०, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ।

केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा जिम्मेवारी प्रदान गरिएको हो।

यसअघिका निर्देशकले राजीनामा गरेपछि रिक्त पदमा नियुक्त यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १०औँ तहमा कार्यरत छन्।

यसअघि डा. यादवले जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad