राजनीति


कागेश्वरी मनोहराको वैद्यचौरमा पहिरो रोकथाम र सडक पुनर्निर्माण गर्न सोविता गौतमको माग

कागेश्वरी मनोहराको वैद्यचौरमा पहिरो रोकथाम र सडक पुनर्निर्माण गर्न सोविता गौतमको माग

नेपालखबर
चैत ७, २०८१ बिहिबार १३:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिध सभा सदस्य सोबिता गौतमले काठमाडौँ क्षेत्र नम्बर २ मा पर्ने कागेश्वरी मनोहरा नगरपालिकास्थित वैद्यचौरमा पहिरोका कारण स्थानीयका घर जोखिम रहेको भनी सरकारको ध्यानाकर्षण गराएकी छन्। 

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले वैद्यचौर नजिक ३ वर्षअघि गएको पहिरोका कारण रोडको डिल पूर्ण रूपमा भत्किएर स्थानीयका घर पनि लड्ने सम्भावना रहेको बताएकी हुन्। 

त्यतिबेला तत्कालीन सरकारमा रहेका पार्टीका कार्यकर्ताका घरअगाडिको बाटोमा मात्र तारजाली राखी संरक्षण गरिएको तर सर्वसाधारणको घरलाई बेवास्ता गरिएको आरोप उनले लगाएकी छन्। 

‘काठमाडौँ क्षेत्र नं-२, कागेश्वरी मनोहरा नपा वैद्यचौरनजिक ३ वर्षअघि गएको पहिरोका कारण रोडको डिल पूर्ण रूपमा भत्किएको थियो। केही पशुचौपायाहरू लडेर मरेका थिए। रोडमा पहिरो गएको कारण किनाराका घरहरू जोखिममा परेका थिए। तर, सोही स्थानमा तत्कालीन सरकारमा रहेका पार्टीका कार्यकर्ताको घरअगाडि रहेको बाटोमा थोरै मात्र ग्याभियन वाल लगाएर संरक्षण गरियो, जबकि सर्वसाधारण स्थानीयको घरअगाडि रहेको बाटो, जुन पहिरोले आधा भत्काएर जोखिमयुक्त बनेको छ र घर पनि लड्ने सम्भावना छ, त्यो २०७७ सालदेखि अहिले सम्म मर्मत गरिएको छैन’, सांसद शर्माले संसद्‌मा भनिन्, म सोध्न चाहन्छु- के यो देशको बजेट केवल पार्टीका कार्यकर्ताहरूका लागि मात्र हो? म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जोखिममा रहेका घरहरूअगाडि पहिरो रोकथामका उपाय अपनाई सडक पुनर्निर्माण गर्न अनुरोध गर्दछु।’

यस्तै उनले दाङ लमहीको सिसौ बगरमा तारबारले घेरेर बन्धक बनाइएका गाईगोरु भोक र तिर्खाले छटपटाइरहेको जानकारी पनि गराइन्। 

उनले भनिन्, ‘यो अमानवीय क्रियाकलापप्रति सरकारको गम्भीर ध्यानाकर्षण होस्। गाईगोरुहरूको तत्काल उद्धार गरी उचित व्यवस्थापन प्रक्रिया सुरु गरियोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad