राजनीति


नागरिकमा उत्पन्न बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा

नागरिकमा उत्पन्न बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा

नेपालखबर
चैत ६, २०८१ बुधबार १९:३७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा असन्तुष्टि र बेचैनीको समाधान आवश्यक भएको बताएका छन्। तनहुँ-१ पार्टीको क्षेत्रीय सम्मेलनलाई दमौलीमा सम्बोधन गर्दै नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्ने बताएका हुन्। 

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँद्वारा बुधबार दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले आमनागरिकलाई समस्या परेका बेला समाधानको नेतृत्व गर्दै आएको बताए।

उनले भने, 'आमनागरिकको असन्तुष्टि र बेचैनीको आगो निभाउने काम गर्छ। जुनसुकै पार्टीसम्बद्ध किन नहोस् आमनागरिकको समस्या समाधान गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टीको हो, यसका लागि हामी प्रतिबद्ध छौँ।'

पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउने गरिएकामा पार्टी सम्बद्ध व्यक्तिले भ्रष्टाचार गर्नसक्ने तर कुनै पनि संगठनले गर्न नसक्ने उनको भनाइ छ। 

'सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको पाइएमा उ दण्डनीय हुन्छ र सजाय भोग्नुपर्छ,' महामन्त्री थापाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad