प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद दाहालले शिक्षा विधेयक संसद्मा पेस गरेर शिक्षकहरूको माग सम्बोधन गर्न आग्रह गरेका हुन्।
उनले सहमति भएका विषयहरू कार्यान्वयन नभएपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएकाले तत्काल उक्त विधेयक ल्याउन सरकारलाई आग्रह गरे।
'प्रचण्ड नेतृत्वको सरकार पालामा आन्दोलित शिक्षक महासंघसँग ५ बुँदे र राहत शिक्षक संगठनसँग ६ बुँदे सहमतिपछि स्थगित भएको आन्दोलन फेरि सुरू भएको छ,' उनले भने, 'त्यो संशोधन प्रस्तावलाई विधेयकमा समावेश गरी तत्काल सम्मानीत सदनमा विधेयक पेस गर्न सभामुखमार्फत निर्देशन होस्।'
174
Shares

प्रतिक्रिया