राजनीति


पोखरा भ्रमणपछि हौसिएका ज्ञानेन्द्र गोरखा जाँदै

पोखरा भ्रमणपछि हौसिएका ज्ञानेन्द्र गोरखा जाँदै

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८१ बुधबार १०:३४, काठमाडौँ

झन्डै १ महिना पोखरा घुमेर गत फागुन २५ गते मात्र काठमाडौँ फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह फेरि पश्चिमकै भ्रमणमा निस्किने भएका छन्। 

शाहको संवाद सचिवालयका अनुसार उनी यसै हप्ता गोरखा जाने भएका हुन्। 

संवाद सचिव डा. फणिराज पाठकले बुधबार बिहान जारी गरेको विज्ञप्तिअनुसार पूर्वराजा यसै हप्ता गोरखा प्रस्थान गर्नेछन्। 

विज्ञप्तिमा गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि उनी त्यसतर्फ जान लागेको उल्लेख गरिए पनि प्रस्थान मिति र भ्रमण अवधि तोकिएको छैन।

गत माघ २७ गते पोखरा उत्रिएका शाह पोखरा र आसपासका शक्तिपीठ घुमेर  गत फागुन २५ गते काठमाडौँ फर्किएका थिए।

त्यस दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाह उत्रिँदा राप्रपा, राप्रपा नेपाललगायत राजावादी दल र समूहले भव्य रूपमा स्वागत गर्दै राजतन्त्रका पक्षमा नाराजुलुस गरेका थिए। 

पोखरा भ्रमणमै रहेका बेला प्रजातन्त्र दिवसका दिन फागुन ७ गते १० मिनेट लामो भिडिओ सन्देश जारी गर्दै ‘राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन’ देशवासीलाई आह्वान गरेका पूर्वराजा शाह आफू फर्केको अवसरमा फागुन २५ गते राजावादीहरूले गरेको शक्ति प्रदर्शनबाट हौसिएका छन्। 

यसैबीच उनी यसै हप्ता फेरि उपत्यकाबाहिर (गोरखा) को भ्रमणमा निस्कन लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad