राजनीति


संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध रिट सुनुवाइका लागि आज पेसी

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध रिट सुनुवाइका लागि आज पेसी

नेपालखबर
चैत ६, २०८१ बुधबार ९:२५, काठमाडौँ

सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा राखिएको संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध रिट सुनुवाइका लागि आज (बुधबार) पेसी छ। 

यसअघि सर्वोच्चको संवैधानिक इजलासमा फागुन २१ गते रिट निवेदकका तर्फबाट ७ अधिवक्ताले बहस गरेका थिए। दोस्रो दिन पनि बहस नसकिएपछि रिट ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको थियो। 

दोस्रो दिनको सुनुवाइमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, शम्भु थापा, डा भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, राजुप्रसाद चापागाईँ, पुनदेवी महर्जन, मोहना अन्सारीलगायत ७ जनाले रिट निवेदकका तर्फबाट बहस गरेका थिए।

त्यसअघि गत माघ ३० गते निवेदक अर्याल र ज्ञवालीले बहस गरेका थिए। 

निवेदकका तर्फबाट २४ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका छन्। त्यस्तै सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जना बहसका लागि तयार पारिएको छ। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।

अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा ५२ जनालाई गरेको नियुक्ति गैरकानुनी रहेको दाबी गरी बदर गर्न निवेदकले माग गरेका छन्।  

२०७७ पुस १ गते वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले यी ५२ जनाकै नियुक्ति गैरकानुनी भन्दै बदर गर्न माग गरेर रिट दायर गरेका थिए। त्यसपछि उनीसहितले थप १४ वटा निवेदन दर्ता गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad