त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत मतदान भइरहेको छ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार बिहान ८ बजेदेखि ४६ आंगिक र २ सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा मतदान भइरहेको हो। मतदान अपराह्न ४ बजेसम्म चल्नेछ।
मतदानमा ६५ वर्षसम्मका विद्यार्थी पनि सहभागी भएका छन्। राससका अनुसार राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा ६५ वर्षीय विद्यार्थी मतदाता पनि सहभागी भएका हुन्।

मतदान सकिएलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझ थाल्ने उनले बताए।
त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्ने गरेको हो। निर्वाचनका लागि राजनीतिक दलका विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन्।
मतदानका केही तस्बिर-





Shares

प्रतिक्रिया