राजनीति


काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले

नेपालखबर
चैत ४, २०८१ सोमबार २०:०, काठमाडौँ

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डा अच्युत वाग्ले नियुक्त भएका छन्।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वाग्लेलाई नियुक्त गरेका हुन्।

प्रधानमन्त्री कार्यालयबाट भर्खरै नियुक्तिपत्र प्राप्त गरेको डा वाग्लेले पुष्टि गरे।

गत माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए।

यसअघि उनी विश्वविद्यालयको रजिस्ट्रार थिए। २०७९ असोज २ गते उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिस्ट्रार नियुक्त गरेका थिए।

विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा अर्जुन कार्की र पूर्वसचिव जर्नादन नेपाल सदस्य थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad