नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार फेरिने कुनै सम्भावना नरहेको बताएका छन्।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले राष्ट्रिय सहमतिको आधारमै अहिलेको सरकार बनेकोले फेरिने सम्भावना नभएको दाबी गरेका हुन्।
उनले सरकार परिवर्तन कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने विषयमा दलहरू केन्द्रित नरहेको पनि बताए। सरकारमा आउन रुचि भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ।
नेकपा माओवादी केन्द्रले भने अहिले गणतन्त्रवादीहरू एक हुने गरी राष्ट्रिय सहमतिको सरकारको पक्षमा छलफल सुरु भएको बताएको छ।
बर्तौलाले अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि ०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी तयारी गर्ने पनि बताए।
99
Shares

प्रतिक्रिया