नेकपा एमालेका पूर्वनेता एवं ‘मातृभूमि जागरण अभियान नेपाल’का अभियन्ता भीम रावलले प्रधानमन्त्री केपी शर्माले ओलीले मुलुकमा ‘कुशासन’ गरिरहरको आरोप लगाएका छन्।
एमालेबाट निष्कासित रावलले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले कुरा सुशासनको गर्ने तर काम कुशासनको गरिरहेको आरोप लगाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वविशेष आर्थिक सल्लाहकार तथा एमाले नेता मोतीलाल दुगडका कम्पनीले कर नतिरेको भन्दै आन्तरिक राजस्व कार्यालयले सूचना निकालेकै दिन सोमबार रावलले प्रधानमन्त्री ओलीविरुद्ध ५ आरोप लगाएका हुन्।
रावलले सामाजिक सञ्जालमा लेखेका छन्:
सुशासनका कुरा गर्ने प्रधानमन्त्री केपी नेतृत्वमा कुशासनका पछिल्ला उदाहरण:
-सरकार बनेको सात महिना भइसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगर्नु।
-राज्यका विभिन्न पदहरू भागबन्डा गर्नु।
- पूर्वविशिष्टहरूलाई आजीवन भत्ता र सुविधा बढाउने प्रयास गर्नु।
- राष्ट्रिय निकुञ्ज र वन क्षेत्रसमेत व्यक्तिलाई दिनसक्ने कानुन ल्याउने दुष्प्रयत्न गर्नु।
- प्रम केपीका एक समयका आर्थिक सल्लाहकार, राज्यमन्त्री र एमाले उद्योग विभाग प्रमुखले राज्यको कर नतिर्नु।
Shares

प्रतिक्रिया