कारोबार


एमाले नेता दुगडका ३ वटा कम्पनीले तिरेनन् कर

१५ दिनभित्र कर दाखिला गर्न आन्तरिक राजस्व कार्यालयको सूचना
एमाले नेता दुगडका ३ वटा कम्पनीले तिरेनन् कर

फाइल तस्बिर


नेपालखबर
चैत ४, २०८१ सोमबार ८:४०, काठमाडौँ

एमाले नेता तथा पूर्वमन्त्री मोतीलाल दुगडका कम्पनीले कर नतिरेपछि आन्तरिक राजस्व कार्यालय विराटनगरले कर तिर्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ।

विराटनगरका उद्योगी दुगड प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार पनि हुन्। २०७७ सालमा प्रधानमन्त्री हुँदा ओलीले उनलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए। 

आन्तरिक राजस्व कार्यालय विराटनगरले गत फागुन २० गते कर दाखिलाका लागि भन्दै १०१ व्यावसायीक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको थियो। 

यसमा दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिको नाम पनि समावेश छ।

दुगड एसियन केमिकल कम्पनीको आयकर तिरिएको छैन। त्यसैगरि ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको सूचनामा उल्लेख छ। 

‘तोकिएको मितिभित्र बक्यौता दाखिला नभएमा मूल्य अभिवृद्धिकर बक्यौताको हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ (संशोधनसहित)को दफा २१ को उपदफा (१) मा गरिएका व्यवस्था तथा आयकर बक्यौताको हकमा आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा १११ सम्मका कुनै वा सबै कानुनी व्यवस्थाहरुको कार्यान्वयन गरि बक्यौता असुली काराबहीको प्रक्रिया अगाडि बढाइने व्यहोरासमेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ। 

हेर्नुहाेस् राजश्व कार्यालयले जारी गरेको सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad