नेकपा (माओवादी केन्द्र)का सांसद माधव सोपकोटाले रोजगारीका लागि इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि आवश्यक कानुनी र कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सापकोटाले मृतक तामाङको परिवारलाई उचित क्षतिपूर्ति दिनसमेत माग गरे।
दुई वर्षअघि रोजगारीका लागि इराक पुगेकी सिन्धुपाल्चोककी सुमीना तामाङको २ चैतमा मृत्यु भएको थियो।
काम गरिरहेकै ठाउँमा ढलेकी तामाङलाई तत्काल उपचारका लागि अस्पताल लागिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। गैरकानुनी बाटो हुँदै इराक पुगेकी उनी गम्भीर रोग र शारीरिक अवस्था कमजोर रहेका कारण उनलाई नेपाल ल्याउन दुई पटकसम्म एयरलाइन्सले स्वीकृति नदिएपछि हवाइ टिकट रद्द गरिएको सापकोटाको दाबी छ।
अब उनको शव नेपाल ल्याउन दुई महिना लाग्ने जनाइएको छ। नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको एनआएनएको तथ्यांक छ।
Shares

प्रतिक्रिया