ग्लोबल


म्यासेडोनियाको नाइटक्लबमा आगलागी: ५९ जनाको मृत्यु, ब्यान्डका एक सदस्य मात्र बाँचे

म्यासेडोनियाको नाइटक्लबमा आगलागी: ५९ जनाको मृत्यु, ब्यान्डका एक सदस्य मात्र बाँचे

नेपालखबर
चैत ४, २०८१ सोमबार ११:५१, काठमाडौँ

उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा स्थानीय समयानुसार आइतबार बिहान भएको आगलागीमा कम्तीमा ५९ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्।

प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएअनुसार यस घटनामा १० जनालाई पक्राउ गरिएको छ।

देशको पूर्वी भागको कोकानी सहरमा रहेको पल्स क्लबमा स्थानीय समयानुसार आइतबार बिहान करिब २:३० बजे आगलागी भएको थियो।

यहाँ म्यासेडोनियाको लोकप्रिय डीएनके ब्यान्डको कन्सर्टमा भाग लिन लगभग ५०० जना क्लबमा पुगेका थिए।

सरकारी वकिलको कार्यालयका प्रवक्ताले बीबीसीको न्युज आवरलाई बताएअनुसार आगलागी हुँदा ब्यान्डका एक सदस्य मात्र बाँचे। उनको अस्पतालमा उपचार भइरहेको छ।

घटना अनुसन्धानका क्रममा १० जनालाई हिरासतमा राखिएको छ। जसमा कन्सर्टका लागि इजाजतपत्र दिने मन्त्रालयका अधिकारी पनि छन्।

घटना भएको ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ।

त्यहाँका आन्तरिक मामिला मन्त्री पेन्स तोस्कोभस्कीले आतिशबाजीमा प्रयोग हुने उपकरणबाट निस्केको झिल्कोका कारण आगलागी भएको पाइएको बताएका छन्। झिल्कोले अत्यधिक प्रज्वलनशील पदार्थबाट बनेको छत भेटेपछि आगो लागेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad