एमालेको सचिवालय बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई ब्रिफिङ गर्न लागेका हुन्।
'सोमबार दिउँसो १ बजे सचिवालय बैठक बस्दैछ। बैठकमा समसामियक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ,' एमालेका एक नेताले नेपालखबरसँग भने, 'खासगरी अध्यक्षज्यूले राजावादीहरूको सक्रिया र अहिलेको राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ।'
ती नेताका अनुसार समसामियक राजनीतिक परिस्थितको विषयमा विश्लेषणसहित छलफल हुनेछ।
ओलीले आगामी रणनीति के हुने भन्नेबारे नेताहरूसँग छलफल गर्न बैठक बोलाएको बताइएको छ।
फागुन २५ गते पूर्वाराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा उनका समर्थकले गरेको प्रदर्शनपछि गणतन्त्रवादी दलहरूले त्यसको प्रतिवाद गर्दै आइरहेका छन्।
नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चाले त काठमाडौँमा राजावादीको प्रदर्शनविरुद्ध प्रदर्शन नै गर्ने तयारी सुरु गरिसकेको छ। त्यस्तै सत्ताधारी दलहरूले पनि पूर्वराजाको सक्रियतालाई लिएर विभिन्न टिकाटिप्पणी गर्दै आइरहेका छन्।
Shares

प्रतिक्रिया