राजनीति


रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

नेपालखबर
चैत ३, २०८१ आइतबार १९:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार पार्टी कार्यालय बनस्थलीमा बस्यो। बैठकले विभिन्न ६ वटा निर्णयहरू गरेको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। 

उनका अनुसार बैठकमा यसअघि भएका निर्णयहरू कार्यान्वयनको विषयमा जानकारी लिने र दिने काम भयो। 

त्यस्तै अहिलेको राष्ट्रिय राजनीतिको बारेमा पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेले ब्रिफिङ गरेको झाको भनाइ छ।  

पार्टीको महाधिवेशनको विषयमा भइरहेका कामकारबाहीको विषयमा पनि सचिवालय सदस्यहरूबाट जानकारी लिने र दिने काम भएको झाले बताए। 

साथै केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। मिति समय भने चाँडै नै तय हुने उनले बताए। 

त्यस्तै साथै संसदीय गतिविधिबारे र अहिले भइराखेको अधिवेशनबारे दलका उपनेता विराज भक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले ब्रिफिङ गरेको उनको भनाइ छ।  बैठकमा अन्य समसामियक विषयमा पनि छलफल भएको रास्वपाले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad