राजनीति


पूर्वमन्त्री धमलासहित समाजवादी पार्टीका दुई दर्जन नेता कार्याकर्ता नेकपामा प्रवेश

पूर्वमन्त्री धमलासहित समाजवादी पार्टीका दुई दर्जन नेता कार्याकर्ता नेकपामा प्रवेश

नेपालखबर
असार २०, २०७६ शुक्रबार ११:४८,

समाजवादी पार्टी, नेपालका दुई सचिवालय सदस्यसहित झण्डै दुई दर्जन नेता–कार्यकर्ता  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी नेपालका सचिवालय सदस्य एवं पूर्वमन्त्री कल्पना र देबेन्द्र पराजुलीसहित नेता कार्यकर्ता शुक्रबार नेकपामा प्रवेश गरेका हुन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका हुन्।

संघीय समजादी फोरम र नयाँ शक्ति नेपालबीचको एकतामा असन्तुष्ट उनीहरुलाई समाजवादी पार्टीको पनि सचिवालय सदस्य बनाइएको थियो। एकताप्रति असन्तुष्ट रहेका उनीहरु यसअधि पनि नेकपा प्रवेशको तयारी गरेका थिए।

धमला र पराजुलीसहित तत्कालीन नयाँ शक्तिकी महिला नेतृ मनु हुमागाईं, भूमि देवकोटा, गाुणाखर बस्याल, गोकुल केसी, अशोक पाण्डे, नवीन तामाङ, हरिमाया खत्री, प्रकाश सापकोटा, कुमार तिवारी, नकुल थापा, अशोक बस्नेत लगायतका रहेका छन्।

प्रधानमनत्री एवं अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad