नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको सहकारीको खर्बाैं रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले सहकारी संस्थाको रकम जिल्ला, प्रदेश र महासङ्घ हुँदै साम्राज्यवादीहरूको सैन्य संगठन नाटो देशको हितमा प्रयोग भएको दाबी गरेका हुन्।
‘सहकारीमा चार खर्ब लगानी, स्रोतको छैन निगरानी। नेपालका सहकारी संस्थाको खबौँ रुपैयाँ जिल्ला, प्रदेश र महासङ्घ बनाएर सहकारी बैंक हुँदै साम्राज्यवादीहरूको सैन्य संगठन नाटो देशहरूको हितमा गएको सार्वजनिक भयो,' उनले भने, '१७ हजार संख्याको सहकारी संस्था खारेज हुने सार्वजनिक भयो। ति सहकारी संस्थामा बजच ठगीमा परेका पीडितहरूको बचत फिर्ता कसरी हुने हो? सम्बन्धित जिल्ला, प्रदेश, महासङ्घ र सहकारी बैंकमा रहेका पदाधिकारीहरू र डुबेका सहकारी संस्थाका पदाधिकारीहरूलाई जनताको वचत फिर्ता गराउन तिनीहरूको सम्पत्ति र लगानी रोक्का गर्नुपर्छ र पासपोर्ट जफत गर्नु जरुरी छ।’
सांसद सुवालले राष्ट्रपति वा प्रधानमन्त्री बन्नुभन्दा देशको हित हेर्नु महत्वपूर्ण भएको बताए। सरकारले जनताबाट उठाएको करले मात्रै काम गर्न नसक्ने हुँदा देश र जनताको सेवा गर्न उद्योग, व्यवसाय गर्नुपर्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया