राजनीति


पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने तयारीप्रति कांग्रेस सांसदको आपत्ति

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने तयारीप्रति कांग्रेस सांसदको आपत्ति

नेपालखबर
चैत ३, २०८१ आइतबार १२:१, काठमाडौँ

पूर्वविशिष्ट पदाधिकारीहरूलाई कानुन बनाएर आजीवन सुविधा दिने सरकारी तयारीप्रति सत्तारुढ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुलुक आर्थिक रुपमा कमजोर भएको अवस्थाका पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन नहुने बताएका हुन्।  

‘अहिले देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ। विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेको अवस्थामा सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजिवन सेवा दिने कानुन बनाउन लागेको समाचार बाहिर आएको छ,' उनले भने, 'कानुनको मस्यौदा बनिरहेको भनेर बाहिर आएको छ। जबकि मुलुकको आर्थिक अवस्था कमजोर अवस्थामा छ। भ्रष्टारचार नियन्त्रण हुन सकिरहेको छैन। राज्यप्रति जनता उदनसिन भइरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई विपल बनाउन प्रतिगामीहरू सडकमा नारा जुलुस समेत गरिरहेको अवस्था छ। यस्तो अवस्थामा पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन देशको हितमा छैन।’
 
उनले देश आर्थिक रुपमा संकटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने कुरा देशको हितमा नहुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad