राजनीति


सरकारलाई सांसदको प्रश्न : १८ हजार कैदीबन्दी कसरी बिरामी भए?

सरकारलाई सांसदको प्रश्न : १८ हजार कैदीबन्दी कसरी बिरामी भए?

नेपालखबर
चैत ३, २०८१ आइतबार ११:५४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कैदीबन्दी बिरामी भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पौडेलले जेलमा रहेका २९ हजार ५ सय कैदीबन्दीमध्ये १८ हजार ५ सय जना बिरामी परेको सूचना आएको भन्दै गृहमन्त्रालयमार्फत जवाफ मागेका हुन्।

‘जेलभित्र रहेका नागरिकहरु जे कारणले जेलमा गएको भएपनि  राज्यले सुरक्षा र व्यवस्थित गर्ने जिम्मेवारी लिएको हुन्छ। २९ हजार पाँच सय कैदीबन्दीमध्ये १८ हजार पाँच सय जना बिरामी भएको सूचना प्राप्त भएको छ,' उनले भने, 'के भएको हो? किन भएको हो? सम्बन्धित निकायले प्रष्ट पार्न अनुरोध गर्न चाहन्छु।'

पूर्वविशिष्ट पदाधिकारीलाई कानुन बनाएर आजीवन सुविधा दिने सरकारी तयारीबारे पनि उनले आपत्ति जनाए।  'सरकारसँग विवेक हुनुपर्छ स्वार्थ होइन। सरकारसँग इमान हुनुपर्छ। जनताको भरोसाको केन्द्र भनेको सरकार हो। तर पूर्वविशिष्ट पदाधिकारीहरुलाई सेवा सुविधा दिने कुरा यस्तो बेला भएको छ कि ग्रे लिष्टमा देश परेको छ,' उनले भने। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad