कारोबार


घरजग्गाको सिजनमै आएन उत्साह, राजस्व बढे पनि घट्यो कारोबार

घरजग्गाको सिजनमै आएन उत्साह, राजस्व बढे पनि घट्यो कारोबार

नेपालखबर
चैत ३, २०८१ आइतबार १२:१, काठमाडौँ

फागुन महिनामा घरजग्गा कारोबार घटे पनि राजस्व बढेको छ।

फागुनमा  करिब ५ हजार लिखित पारित घटे पनि बढी मूल्यका जग्गा खरिदबिक्री हुँदा राजस्व बढेको हो। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा १३४ वटा मालपोत कार्यालयबाट ४६ हजार ६१ वटा लिखत पारित भएका छन् भने ५३ वटा अपार्टमेन्ट खरिदबिक्री भएका छन्।

गत आर्थिक वर्ष फागुनमा ५० हजार ९९८ लिखत पारित हुँदा २९ वटा अपार्टमेन्ट खरिदबिक्री भएका थिए।

फागुन महिनामा राजस्व संकलन ४अर्ब १२ करोड रुपैयाँ संकलन भएको छ। गत आर्थिक वर्षको फागुन महिनामा ३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। सरकारले जग्गाको मूल्यांकन बढी भएका ठाउँको जग्गा खरिदबिक्री हुँदा राजस्वमा केही सुधार भएको भूमि विभागका अधिकारी बताउँछन्। 

सामान्यतया  मंसिरदेखि चैतसम्म घरजग्गाको बढी कारोबार हुने गरेको व्यवसायी बताउँछन्। पछिल्ला ३ महिनाको तथ्यांक हेर्दा केही बढे पनि उत्साहजनक देखिँदैन।

माघ महिनामा ४६ हजार ६९ वटा कारोबार भएका थिए। २९ वटा अपार्टमेन्ट लिखत पारित भएका थिए। पुस महिनामा ४८ हजार १५६ लिखत पारित भएका थिए। मंसिरमा ४३ हजार ३७९ लिखत पारित भएका छन्। 

कात्तिकमा ३३ हजार ५१४ लिखत पारित भएका छन्। असोजमा ३० हजार ५२७ लिखत पारित भए। भदौमा ३२ हजार ७९८ लिखत पारित भएका छन्।  साउनमा ४३ हजार ८३५ लिखत पारित भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad