राजनीति


चित्रबहादुरको अध्यक्षतामा ‘संघीयताविरुद्ध राष्ट्रिय अभियान’, बुद्धिनारायण श्रेष्ठ पनि सामेल

चित्रबहादुरको अध्यक्षतामा ‘संघीयताविरुद्ध राष्ट्रिय अभियान’, बुद्धिनारायण श्रेष्ठ पनि सामेल

नेपालखबर
चैत २, २०८१ शनिबार २०:४५, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा ‘संघीयताविरुद्ध राष्ट्रिय अभियान’ पुनर्गठन भएको छ।

शनिबार सम्पन्न एक भेलाले केसीलाई संयोजकमा चयन गर्दै अभियान पुनर्गठन भएको हो।

४९ सदस्यीय उक्त समितिको सदस्यमा रश्मिराज नेपाली, जनकराज शर्मा, मनोज भट्ट, दुर्गा पौडेल, हिमलाल पुरी, आनन्द शर्मा, दीपक ज्ञवाली, रत्नसंसार श्रेष्ठ, घनश्याम न्यौपाने, हरि आचार्य, अमर थापा, तारा थापा, राजेश विश्वकर्मा, समीर सिंह, रामप्रकाश पुरी, डा विश्वमोहन आचार्य, बद्रे आलम, कृष्णप्रसाद भट्टराई, प्राडा श्रीधर गौतम, साध्यबहादुर भण्डारी, बुद्धिनारायण श्रेष्ठ, मीना पुन, भैरवराज रेग्मी, प्राडा प्रेम शर्मा, कृष्ण अधिकारी र राजेन्द्र ढुङ्गाना रहेका छन्।

त्यसैगरी, समितिको अन्य सदस्यमा देवप्रकाश त्रिपाठी, शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, परशु घिमिरे, डा. गोपाल खत्री, प्रभु यादव, छत्रबहादुर खत्री, शैलेन्द्र पिया, अरुणकुमार सुवेदी, गोपाल शिवाकोटी ‘चिन्तन’, रतन भण्डारी, फणिन्द्र नेपाल, निमबहादुर बुढाथोकी, अधिवक्ता पदम रोका, प्राडा गोपाल पोखरेल ‘विवश’, प्रभु राय रादव, कुन्ती पोख्रेल, डा. राजन पोखरेल, रहुफ अहमद खान, डा. जगदीशचन्द्र भण्डारी, मदन जोशी र मनोहर तिवारी रहेका छन्।

राजमो अध्यक्ष केसीको अध्यक्षता तथा महासचिव भट्टको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा डा. गान्धी पण्डित, अरुणकुमार सुवेदी, लालबाबु यादव, बलभद्र भारती, डा. राजाराम सुवेदी, कुमार उपाध्याय र डा. विश्वमोहन आचार्यले मन्तव्य राखेका थिए।

यसअघि अन्तरिम संविधानमा ‘संघीयता’ समावेश गर्नासाथ जनमोर्चाको आह्वानमा ‘संघीयताविरुद्ध राष्ट्रिय अभियान’ गठन भएको थियो। सो अभियानले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

अभियानमा विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्ति, बुद्धिजीवि तथा स्वतन्त्र नागरिक सामेल छन्।

जनमोर्चाका महासचिव मनोज भट्टका अनुसार सो अभियान खुकुलो मोर्चाको रूपमा रहेको छ। अभियानको कुनै विधान, सदस्यता रहेको छैन। कुनै पनि सदस्य यस अभियानमा बस्न र छोड्न स्वतन्त्र छ। यो अभियान सङ्घीयता विरोधको सवालमा मात्रै तयार भएको छ।

राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि एक हप्तासम्म काठमाडौँमा संघीयताविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad