राजनीति


फागुमा प्रहरीको कडाइ: उपत्यकाका ९० स्थानमा ट्राफिकको जाँच, ड्रोनबाट निगरानी

फागुमा प्रहरीको कडाइ: उपत्यकाका ९० स्थानमा ट्राफिकको जाँच, ड्रोनबाट निगरानी

नेपालखबर
फागुन २९, २०८१ बिहिबार ११:८, काठमाडौँ

फागु मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ।

काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानैदेखि फागु मनाउन शुरु भएकोमा फागुलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।

फागु पर्व मनाउने नाममा उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न जाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा प्रहरीले सवारी रोकेर चालकले मादक पदार्थ सेवन गरे-नगरेको भनी जाँच गरिरहेको छ।

नेपाल प्रहरीले सुव्यवस्थित, सभ्य र सतर्कताका फागु खेल्न आग्रह गरेको छ। साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर फागु नखेल्न पनि आग्रह गरेको छ।

फागुलाई व्यवस्थित बनाउन काठमाडौंका ९० बढी स्थानमा चेकजाँच गर्न टोली खटाएको प्रहरीको भनाइ छ। फागु खेल्ने साथै सार्वजिनक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ।

प्रहरीका अनुसार, जनपद २०३५ र ट्राफिक ६७१ गरी कुल २ हजार ७०६ जनाको जनशक्ति परिचालन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad