राजनीति


संसद्‍मा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

संसद्‍मा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

नेपालखबर
फागुन २८, २०८१ बुधबार १७:२४, काठमाडौँ

संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम ७ चैतका लागि तय भएको छ। आज बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले चैत ७ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको सुनाएका हुन्।  

प्रश्नोत्तर कार्यक्रमका लागि समूह विभाजन यसअघि नै भइसकेको र समूह ९ मा रहेका सांसदहरूले चैत ७ गते सहभागिता जनाउने सभामुख घिमिरेले सुनाए। 

उनले चैत ३ गते दिउँसो २ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष प्रश्नहरू लिखित बुझाउन पनि निर्देशन दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad