राजनीति


निजीकरण पहिलो संशोधन विधेयक प्रतिनिधि सभामा पेस

निजीकरण पहिलो संशोधन विधेयक प्रतिनिधि सभामा पेस

नेपालखबर
फागुन २८, २०८१ बुधबार १५:४२, काठमाडौँ

‘निजीकरण (पहिलो संशोधन विधेयक) २०८१’ प्रतिनिधि सभामा पेस गरिएको छ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सभामा पेस गरेका हुन्। 

यसअधि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरूले विरोधको सूचना दिएका थिए। सो सूचना नियणार्थ पेश गर्दा बहुमतले अस्वीकृत भयो। 

सरकारले ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’ ल्याएको थियो। उक्त अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad