राजनीति


बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा देश बन्दैन: अर्थमन्त्री पौडेल

बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा देश बन्दैन: अर्थमन्त्री पौडेल

नेपालखबर
फागुन २८, २०८१ बुधबार १४:५३, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई दिन नसकिने बताएका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचनाको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन्। 

उनले संघीय सरकार र संसद्ले विकास निर्माणका लागि नीति निर्माण गर्ने र बजेटको सम्पूर्ण अधिकार तल्लो तहलाई दिँदा देश नबन्ने दाबी गरे।

‘बजेटचाहिँ पालिका र वडामा बाडौं। प्रदेश र स्थानीय तहलाई दिऔँ, विकास निर्माणका नीतिहरू हामीले बनाऔँ भन्ने जुन कुरा छ, झट्ट सुन्दा आकर्षक लाग्ला तर यसरी देश बन्दैन,' उनले भने, 'हामीले संविधानमा तीन तहको सरकारको प्रबन्ध गरेका छौं। तीन तहमा नै व्यवस्थापकीय र न्यायिक संरचनाको व्यवस्था गरेका छौं। यो दुनियाको र हाम्रो आफ्नै अनुभवको समेत आधारमा छ। त्यसले गर्दा त्यो ढंगले जान उचित हुँदैन।’

उनले मुलुकको विगतको अभ्यासको आधारमा विधेयकमा व्यवस्था गरिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad