राजनीति


राप्रपाको प्रश्न : राजसंस्थाप्रतिको जनलहरको धक्काले मन्त्री गायब भएको हो?

राप्रपाको प्रश्न : राजसंस्थाप्रतिको जनलहरको धक्काले मन्त्री गायब भएको हो?

नेपालखबर
फागुन २८, २०८१ बुधबार १२:३१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले प्रतिनिधिसभाको बैठकमा सरकारको अनुपस्थितिप्रति कटाक्ष गरेकी छन्।

पन्ध्र मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले 'राजसंस्था पक्षधरको जनलहरको धक्काले मन्त्री गायब भएको हो कि' भनेर कटाक्ष गरिन्। उनले मन्त्रीहरूलाई जिम्मेवार बन्न पनि आग्रह गरिन्।

'राजसंस्था पक्षधरको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएको। तर, आउनुभयो, उहाँहरूलाई स्वागत छ। जिम्मेवार बन्नुपर्‍यो,' उनले भनिन्। 

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब आधा घण्टा ढिलो सुरु हुँदा पनि बैठकमा मन्त्रीहरू उपस्थित भएका थिएनन्। बैठक सुरु हुना साथ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। अहिले दोस्रो बैठक बसिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad