राजनीति


नेवार समुदायको चिहान हडपेको रास्वपाको आरोपपछि कांग्रेस सांसदले गरे होहल्ला

नेवार समुदायको चिहान हडपेको रास्वपाको आरोपपछि कांग्रेस सांसदले गरे होहल्ला

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८१ बुधबार १२:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९, लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तारकेश्वर–९, लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन्। उनले कांग्रेसका कुन नेताले हडपेको भन्ने चाहिँ खुलाएनन्। 

‍‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२/६३ नेपाली कांग्रसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ,’ उनले भने। 

रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले पनि उक्त जग्गाको बारेमा अनुसन्धान गर्न माग गरिन्। सांसदहरूको यस्तो आरोपपछि कांग्रेस नेताहरूले उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिनसमेत संसद्को ध्यानाकर्षण गराए।

कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सुरुमा उठेर आपत्ति जनाएका थिए। त्यसपछि कांग्रेसका अन्य सांसदहरूले पनि उठेर हल्ला गरे। उनीहरूले होहल्ला गरेपछि सभामुख घिमिरेले भने- ‘प्रतिनिधिसभामा वादविवादमा जाने होइन, आफूले उत्तरदायी र जिम्मेवार तरिकाले राख्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। सार्वजनिक ढङ्गबाट संसद्को अगाडि तथ्यपरक ढङ्गले राख्नहुन्छ, राख्नुहुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad