राजनीति


जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताले चाहेसम्म रहन्छ : रक्षामन्त्री राई

जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताले चाहेसम्म रहन्छ : रक्षामन्त्री राई

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १६:५६, काठमाडौँ

रक्षामन्त्री मानवीर राईले जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र भएकाले जनताले चाहेको बेलासम्म रहने बताएका छन्।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लोकतन्त्र नसकिने बताएका हुन्। उनले जनताले बनाएको संविधान सकिने भन्ने नहुने बताए। 

उनले जनताले बनाएकै संविधानका कारण आज सर्वसाधारण मानिस राष्ट्रपति हुन पाएको उल्लेख गरे।

रक्षामन्त्री राईले भने, ‘जनताले बनाएको संविधान सकिने भन्नेकुरा होइन। किनभने आज सर्वसाधारण जनता पनि हिजो राजा रहेको पदमा राष्ट्रपति हुने मौका पाएको छ। महिलाले पाएको छ। मधेसीले पाएको छ। उत्पीडित जनजाति सबैले पाएको छ। यो लोकतन्त्र, गणतन्त्र अन्त्य हुने विषय भएन। कहिले पनि अन्त्य हुँदैन। जनताले बनाएको संसिवधान, लोकतन्त्र र गणतन्त्र हो। जनताले नचाहेसम्म केही हुँदैन।’

रक्षामन्त्री राईले जनताले बनाएको संसिवधान, लोकतन्त्र र गणतन्त्र भएकाले अन्त्य नहुने जिकिर गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad