राजनीति


यो व्यवस्थालाई लिएर रिसाएका जनता फकाउनुपर्छ : गगन थापा

यो व्यवस्थालाई लिएर रिसाएका जनता फकाउनुपर्छ : गगन थापा

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १४:३०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाप्रति प्रतिवद्ध रहेको बताउँदै रिसाएका जनता फकाउनुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संख्याको आधारमा कसैले पनि अहंकार राख्न नहुने बताए।

‘कांग्रेस पार्टीका तर्फबाट कहाँ ध्यानदिनुपर्छ त्यो नागरिक, जो रिसाएको छ, असन्तुष्ट छ, उनीहरूलाई फकाउन पर्छ भन्नेमान्छ,’ उनले भने।  

आफूहरूले संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको विषय बिर्सन नहुने भन्दै उनले संघीयताका विषयमा कांग्रेसप्रति शंका गर्न नपर्ने बताए। 

‘कांग्रेस पहिलो पार्टी हो जसले पार्टीको पहिलो अधिवेशनबाट संघीयताको ढाँचामा लैजाने निर्णय लिएको हो। संवैधानिक प्रबन्धमा आइपुगेका हौं’ उनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad