ग्लोबल


‘प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि’ मारिए झारखण्डका गुन्डा नाइके

‘प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि’ मारिए झारखण्डका गुन्डा नाइके

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १४:३०, काठमाडौँ

भारतीय राज्य छत्तीसगढस्थित रायपुर केन्द्रीय कारागारमा केही महिनादेखि रहेका गुण्डा अमन साव झारखण्ड लैजाँदै गर्दा प्रहरीले उनी इन्काउन्टरमा मारिएको दाबी गरेको छ।

प्रहरी अधिकारीहरूका अनुसार झारखण्ड प्रहरी सोमबार साँझ अमन सावलाई लिएर रायपुरबाट दुईवटा गाडीमा राँचीका लागि प्रस्थान गरेको थियो।

यस क्रममा पलामु जिल्ला चैनपुर क्षेत्रको अन्धरी ढोरानजिकै प्रहरीको गाडी बिग्रिँदा अमन साव प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि उनी मारिएको  झारखण्ड प्रहरीको दाबी छ। 

बीबीसी हिन्दीका अनुसार झारखण्ड सरकारका मन्त्री सुदिव्य सोनीले भनेका छन्, ‘प्राप्त प्रारम्भिक जानकारीअनुसार, अमन मुठभेडमा मारिएका छन्। विस्तृत जानकारीको प्रतीक्षा छ। तर के स्पष्ट छभने कानुनको शासन कायम रहनेछ। झारखण्डको भूमिमा कानुन तोड्नेहरूविरुद्ध सरकारले कानुनी कारबाही गर्नेछ।’

मुठभेड भएको भनिएको स्थान। तस्बिर : बीबीसी हिन्दी

यसै महिना राँचीको कोइला व्यवसायी विपिन मिश्रा र हजारीबाग एनटीपीसीका डीजीएम कुमार गौरवविरुद्ध भएको गोलीबारीमा अमन साव गिरोहको नाम आएको थियो।

यस सम्बन्धमा सोधपुछका लागि उनलाई प्रहरीले राँची लाँदै थियो।

राँची र हजारीबागमा भएका आक्रमणपछि झारखण्डका प्रहरी महानिदेशक अनुराग गुप्ताले अमन साव, विकास तिवारी र अमन श्रीवास्तव जेलभित्रबाट आफ्नो गिरोह चलाइरहेका बताएका थिए।

अमन सावविरुद्ध ७० भन्दा बढी मुद्दा दर्ता भएका छन्। जसमा हत्या प्रयास, जबरजस्ती चन्दा असुल, धम्की र आक्रमणसम्बन्धी छन्। 

उनलाई पहिलोपटक २०१९ मा झारखण्ड प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad