राजनीति


संसद्‌बाट राजावादीलाई प्रचण्डको चेतावनी: इतिहास फेरि निर्मम हुन्छ

संसद्‌बाट राजावादीलाई प्रचण्डको चेतावनी:  इतिहास फेरि निर्मम हुन्छ

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १४:८, काठमाडौँ

नेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध गतिविधि गर्ने राजावादीलाई गम्भीर हुन चेतावनी दिएका छन्।

मंगलबारको संसद् बैठकलाई विशेष सम्बोधन गर्दै प्रचण्डले लोकतन्त्रको इतिहास पढ्न सुझाव दिए।

‘इतिहास फेरि निर्मम हुन्छ, गणतन्त्रका लागि जनताको रगत बगेको छ। क्रान्तिको इतिहास पढ्नुस्,’ प्रचण्डले भने, ‘लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्तैन। मेरो विचारमा राजतन्त्रप्रति मेरा असहमति छन्।’

उनले संसद्‌मा रहेका राजावादी दल राप्रपा लगायतलाई संकेत गर्दै भने- इतिहासको चक्का पछितिर फर्काउन चाहनेलाई चुनौती दिन चाहन्छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad