नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले वर्तमान सरकारको नालायकीपनले गर्दा अराजकताले मलजल पाएको बताएका छन्।
कुलमान घिसिङजस्ता राष्ट्रसेवकको मानमर्दन गर्ने, आफ्नाहरुलाई विभिन्न मुद्दाबाट उन्मुक्ति दिने जस्ता कामहरुतर्फ इंकित गर्दै नेता गौतमले सरकारले जनताप्रति जवाफदेही भएर काम गर्न नसक्दा यस्तो देखिएको आरोप लगाए।
बकैया ७, भिरकोटमा आयोजित नेकपा (माओवादी केन्द्र) बकैया ७ को तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै राजावादीहरुको पछिल्लो गतिविधीलाई उल्लेख गर्दै नेता गौतमले कांग्रेस एमालेको सरकारले राम्रो नराम्रो हेरेर भन्दा पनि आफूले जे गरेपनि हुन्छ भन्ने गलत भावनाले काम गर्दा जनतामा वितृष्णाको बढेको बताए।
यसको फाइदा राजावादीहरुले लिन खोजेको उनको भनाई थियो। दलहरूले यस प्रकारको घटना, प्रवृत्तिलाई नजर अन्दाज नगरी सच्चिएर अगाडी बढ्ने अवसरको रुपमा ग्रहण गर्नुपर्ने उनले बताए।
सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवं पबागमति प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले २५० वर्ष शासन चलाउँदा नबचाएको र नबनाएको देश फेरि ‘आऊ र बचाऊ’ भन्नु केवल केटाकेटी कुरा भएको जिकिर गरे।
Shares

प्रतिक्रिया