राजनीति


काठमाडौँ महानगरलाई राप्रपाले तिर्‍यो एक लाख जरिवाना

काठमाडौँ महानगरलाई राप्रपाले तिर्‍यो एक लाख जरिवाना

नेपालखबर
फागुन २६, २०८१ सोमबार १३:५२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ। राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका ज्ञानेन्द्रबहादुर शाहीले महानगरको खातामा एक लाख रुपैयाँ महानगरको खातामा दाखिला गरेको जानकारी दिए। 

'हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ राजाको स्वागतमा आएका लाखौँ आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ,' उनले भने, 'एक लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।'

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फिर्ता हुँदा स्वागतका लागि राप्रपासहितका राजावादीहरूले काठमाडौँमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनका क्रममा महानगरभित्र फोहोर भएको भन्दै काठमाडौँ महानगरले एक लाख रुपैयाँ जरिवाना तिराएको थियो।  

यसअघि पनि राप्रपाले जरिवाना तिरेको थियो। चैत २७ गते प्रदर्शन गर्ने क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेवापत पाँच हजार र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै मर्मतका लागि २२२ रुपैयाँ ८१ पैसा जरिवाना तिराएको थियो। जरिवाना भने गत वैशाखमा तिरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad