आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहकाे पक्षमा प्रदर्शन गर्दा फोहोर मैला गरेको भन्दै काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एकलाख रुपैयाँ जरिवाना तोकेको छ। पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न निकालिएको जुलुसले फोहरमैला गरेको तथा महानगरपालिकाले राेपेका बाेट विरुवामा क्षति पुर्याएको भन्दै महानगरपालिले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो।
यसअघि गएको चैत २७ गते भृकुटीमण्डपमा कार्यक्रम गर्दा पनि फोहोर मैला गरेको भन्दै महानगरपालिकाले राप्रपालाई पाँच हजार दुईसय २२ रुपैयाँ ८१ पैसा जरिवाना तिराएको थियो। यसै सन्दर्भमा नेपालखबरले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग गरेकाे संक्षिप्त कुराकानी:
तपाईंहरुले आइतबार काठमाडौँमा प्रदर्शन गर्दा महानगरपालिकाले जरिवाना नै गर्नुपर्ने गरेर फोहोर गर्नु भएछ है?
मैले पनि काठमाडौँ महानगरपालिकाले हामीलाई जरिवानाको लागि पत्र काटेको भनेर सामाजिक सञ्जालमा देखेँ। मैले महानगरपालिकाको पत्र हेर्न पाएको छैन। आज पार्टी अफिसमा पुगेपछि यस विषयमा म बुझ्छु। पत्र आएको रैछ भने किन आएको हो, के भएको हो त्यो बुझेर यस विषयमा बोलौँला नि।
तपाईंले अहिलेसम्म महानगरपालिकाले काटेकाे जरिवानाको पत्र हेर्नु भएको छैन?
प्रदर्शनको क्रममा तपाईंहरुले सडकमा फोहोरामैला गर्नु भएको त थियो नि?
त्यस्तो केही गरेको जस्तो त लाग्दैन। तर, लाखौँ मानिस आएको ठाउँमा कसैले केही फोहोर गरेको पनि हुन सक्छ। यस विषयमा हामी बुझ्छौँ।
तपाईंहरुको अफिसमा महानगरको आधिकारिक पत्र आएपछि जरिवाना तिर्नुहुन्छ?
यसअघि गत वर्ष पनि महानगरपालिकाले तपाईंहरुलाई फोहोर गरेको भनेर जरिवाना तोकेको थियो नि, त्यतिबेला पैसा तिर्नु भएन?
यो विषय मलाई ठ्याक्कै जानकारी भएन। तर, त्यतिबेला महानगरपालिकाले जरिवानाको पत्र पठाएपछि हामी आफैँले पनि सरसफाइ गरेका थियौँ कि जस्तो लाग्छ। त्यतिबेला जरिवाना तिरेका थियौँ कि थिएनौँ हाम्रो सचिवालयलाई सोघ्नुपर्छ। हाम्रो कारणले फोहोर भएको, नगरपालिकालाई नोक्सान भएको रैछ भने त्यो रेगुलर क्रियाकलाप हो। सचिवालयले जरिवाना तिरिहाल्छ नि।
फोहोर गर्दा, क्षति गर्दा महानगरपालिकाले जरिवाना तिराउनुलाई तपाईं ठिकै मान्नु हुन्छ नि?
फोहोर मैला भयो, कतै केही क्षति भयो भने महानगरपालिकाले जरिवाना तिराउनु ठिकै कुरा हो। स्थानीय तहहरु अहिले स्वायत्त छन्। तर, आइतबार हाम्रो जुलुसको कारणले फोहोर भएको हो कि होइन, के भएको हो मैले बुझ्न बाँकी छ।
Shares

प्रतिक्रिया