राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दायर गरेका छन्।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।
फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझेको भन्दै दफा ७३ को व्यवस्थाअनुसार आदेश बदरको मागसहित लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दायर गरेका हुन्।
लामिछानेलाई चितवन जिल्ला अदालतले पनि ५४ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो।
330
Shares

प्रतिक्रिया