राजनीति


महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा पूरा हुँदैन: पूर्वप्रधानन्यायाधीश कार्की

महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा पूरा हुँदैन: पूर्वप्रधानन्यायाधीश कार्की

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०८१ सोमबार १२:३, काठमाडौँ

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरूले फलको आस नगरी कर्म गर्नुपर्ने बताएकी छन्।

सोमबार ललिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा पूरा नहुने धारणा पनि राखिन्।

महिला न्यायाधीशमा क्षमता र साहस जरुरी रहेको उनको भनाइ थियो।

न्यायाधीशले धेरै अध्ययन गर्नुपर्ने र कहिले पनि जस लिने आशा गरेर न्याय सम्पादन गर्न नहुने सुझाव पनि उनले दिइन्।

उनको भनाइ थियो, ‘महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा हुँदैन। महिला न्यायाधीशमा क्षमता हुनुपर्छ। साहस हुनैपर्छ। अध्ययन त दिनरात गर्नैपर्छ। हामीले कर्म गर्ने हो, फलको आशा गर्नुहुँदैन। कृष्ण भगवानले पनि कर्म गर फलको आशा नगर भन्नुभएको छ। मलाई अहिले के महसुस भएको छ भने हामीले काम गर्ने हो, पछाडि के भन्छन् भनेर सरोकार राख्नुहुँदैन। यो यस्तो क्षेत्र हो, अदालतमा १० हजार मुद्दा छ भने २० हजार मानिस हुन्छ। १० हजारले जित्छ, १० हजारले हार्छ। हार्ने १० हजारले कहिल्यै जस दिँदैन अदालतलाई। त्यसैले मैले काम गरेँ तर किन जस दिएन भनेर सोच्दै नसोच्नुस्। आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad