राजनीति


राजावादीको जुलुसमा देखिएको एउटा फरक तस्बिर!

राजावादीको जुलुसमा देखिएको एउटा फरक तस्बिर!

नेपालखबर
फागुन २५, २०८१ आइतबार २०:४५, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किएको अवसर पारेर राजावादीहरूले आइतबार (फागुन २५) काठमाडौँमा उनको भव्य स्वागत गर्दै नाराजुलुस लगाए।

राजतन्त्र फर्काउन चाहनेहरूको आरोप छ- गणतन्त्रवादी राजनीतिक दलका नेताहरू राष्ट्रवादी भएनन्, देशै बेच्न लागे। 

तर पूर्वराजाको स्वागत गर्न राप्रपा र दुर्गा प्रसाईंको माातृभूमि बचाऊ अभियानसहितको संयुक्त र्‍यालीमा देखिएको एउटा फरक फोटोले यतिबेला सामाजिक सञ्जाल तताइरहेको छ। 

भीडमा देखिएको त्यो झन्डामा छन्- भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ! भारतीय जनता पार्टी (भाजपा) का नेतासमेत रहेका योगी आदित्यनाथको फोटोमुनि लेखिएको छ- 'राजसंस्था पुनर्स्थापना गरौँ, हिन्दुवादी प्रदीपविक्रम राणा'।

यस विषयमा यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिप्पणी गरिरहेका छन्- यही हो त राष्ट्रवाद!

अनि कतिपयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई व्यंग्य गरिरहेका छन्- विचारभन्दा माथि देश, देशभन्दा माथि उत्तर प्रदेश!

पूर्वराजा ज्ञानेन्द्रले केही समयअघि आदित्यनाथलाई लखनऊमा भेटेका थिए। यो तस्बिर प्रदीपविक्रम राणा भन्ने व्यक्तिले हिन्दु राज्य स्थापनाको ब्यानरसहित प्रायोजन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad