राजनीति


राजावादीको जुलुसले फोहर गरेको भन्दै राप्रपालाई तोकियो एक लाख जरिवाना

राजावादीको जुलुसले फोहर गरेको भन्दै राप्रपालाई तोकियो एक लाख जरिवाना

नेपालखबर
फागुन २५, २०८१ आइतबार २०:५७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ।

आइतबार पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न निकालिएको जुलुसले फोहरमैला गरेको तथा विरुवामा क्षति पुर्याएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको हो।

काठमाडौँ महानगरले राप्रपा केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा ‘मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयवाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम रु. एक लाख जरिवाना गरिएको’ उल्लेख छ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किएको अवसर पारेर राजावादीहरूले आइतबार काठमाडौँमा उनको भव्य स्वागत गर्दै नाराजुलुस लगाएका थिए।

जुलुस त्रिभुवन विमानस्थलबाट नाराजुलुश गर्दै निर्मल निवाससम्म पुगेको थियो।

यसअघि गत २०८० चैत २७ गते राप्रपाको प्रदर्शनबाट महानगरपालिकाको ट्राफिक आइल्याण्डमा क्षति पुगेको तथा फोहर मैला भएको भन्दै महानगरले ट्राफिक आइल्याण्ड मर्मत सम्भार गर्न रु २२२ रुपैयाँ ८१ पैसा असुल गर्ने तथा फोहरमैला व्यवस्थापन ऐन बमोजिम ५ हजार रुपैयाँ जरिवाना गराएको थियो।

यस्तै, गएको मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको’ ठहर गर्दै महानगरले नेकपा (एमाले) लाई पनि एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। यद्यपी एमालेले सो जरिवाना तिर्न अस्वीकार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad