राजनीति


जनताको मौलिक अधिकार खोस्ने कानुन बन्दैन : सभामुख घिमिरे

जनताको मौलिक अधिकार खोस्ने कानुन बन्दैन : सभामुख घिमिरे

नेपालखबर
फागुन २४, २०८१ शनिबार २१:५१, काठमाडौँ

गण्डकी : सभामुख देवराज घिमिरेले जनताको मौलिक अधिकार खोस्ने गरी संसद्ले कानुन नबनाउने बताएका छन्। प्रेस क्लब गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले लामो समयको सङ्घर्षको जगमा लोकतन्त्र ल्याइएको भन्दै जनताको हित विपरीत कानुन संसद्ले नबनाउने स्पष्ट पारे।

लोकतान्त्रिक प्रणालीमा प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी कानुन नबन्ने सभामुख घिमिरेले उल्लेख गरे। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसद्ले कुनै कानुन नबनाउने बताउँदै उनले भने, 'कानुनको अभावमा धेरै बेथिति बढेका छन्, बेथितिलाई नियन्त्रण गर्न कानुन बनाउने हो, जनताको मौलिक अधिकार खोस्ने गरी कानुन बनाउन सम्भव छैन।'

गलत कुराहरूको प्रचार रोक्नका लागि कानुन आवश्यक भएको भन्दै उनले सामाजिक सञ्जालमा देखिएको विकृति, विसङ्गतिलाई नियन्त्रण र नियमन गर्न आवश्यक रहेकामा जोड दिए। त्यस्ता विकृतिलाई नियन्त्रण गर्न कानुन बनाउँदा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको हनन नहुने उनले स्पष्ट पारे। 

पत्रकारिता क्षेत्रको काम समाचार लेख्ने र सम्प्रेषण गर्ने मात्र नभई हाम्रा प्राप्त उपलब्धिको रक्षा गर्ने, समाजका गतिविध सम्प्रषण गर्ने जिम्मेवारी पनि भएको सभामुख घिमिरेको भनाइ छ। 

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले लोकतन्त्र विरोधी गतिविधि बढिरहेको बताउँदै स्वतन्त्रताका नाममा छाडातन्त्र चलिरहेकोप्रति सबै गम्भीर बन्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad