जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय र प्रदेश तहलाई अधिवेशन गर्न परिपत्र जारी गरेको छ।
पार्टीको केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार पार्टी सङ्गठन निर्माण तथा सञ्चालन गर्न र आन्तरिक लोकतान्त्रिक अभ्यास गर्न विभिन्न तहगत समितिको अधिवेशन गर्ने निर्णय गरी अधिवेशनको कार्यतालिकासमेत निर्धारण गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
पार्टीसम्बद्ध भ्रातृसङ्गठनहरुको अधिवशेन आगामी वैशाख मसान्तसम्म गरिसक्नुपर्ने छ।
त्यसैगरी यही फागुन मसान्तभित्र पार्टी विधानअनुसार थप भएका सङ्गठित पार्टी सदस्यहरुको अभिलेख तयार गरी पार्टी केन्द्रीय कार्यालयमा बुझाउन पार्टीले निर्देश गरेको प्रमुख बस्नेतको भनाइ छ।
Shares

प्रतिक्रिया